डोटी – चारैतिर हरियाली जङ्गल, त्यसमाथि चराचुरूङ्गीको चिरबिर आवाज । त्यही आवाजलाई चिर्दै, हावामा पानीका फोहोरा उडाउँदै तल झर्छ ‘छहरा’ झरना । यस्तो सुन्दर दृश्यले कसको मन लोभिदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय यो झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रको रुपमा विकसित…