धनगढी - सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त हुनेको संख्या ८ हजार ५७१ पुगेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाबाट ८६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। निर्देशनालयका अनुसार कैलालीबाट ८१, कञ्चनपुरबाट ४, डडेल्धुराबाट १ जना कोरोना जितेर घर फर्किएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको…