मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपमा अछाम दोश्रो बढी स्वास्थ्य बिमा गर्ने जिल्ला, बिमित्तको संख्या ३७ हजार बढी

सुपमा अछाम दोश्रो बढी स्वास्थ्य बिमा गर्ने जिल्ला, बिमित्तको संख्या ३७ हजार बढी

स्वास्थ्य बिमा गर्नुभएको छ ? बयालपाटामा तपाईको पालो पहिला आउछ


अछाम । अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या ३७ हजार ३ सय ७५ पुगेको छ । जिल्लामा १६ हजार ५ सय ८७ पुरुष र २० हजार ७ सय ८५ गरी उक्त संख्या बिमित्त भएका स्वास्थ्य बिमा बोर्ड अछामका दर्ता अधिकारी मनकला न्यौपानेले बताईन् ।

अधिकारी न्यौपानेका अनुसार कार्तिक मसान्त सम्मको तथ्यांक अनुसार हालसम्म बिमित्तहरुबाट ५६ लाख १८ हजार ७ सय ७० रकम प्रिमियमको रुपमा संकलन भएको छ । अछाममा बिमित्त हुने नागरिकको संख्या सबैभन्दा बढी साँफेबगर नगरपालिका र तुर्माखाँद गाँउपालिकामा छन् भने कम जिल्लाको ढकारी गाँपालिकामा रहेका न्यौपानले सुदूरआजलाई जानकारी दिईन् ।

अछामका ९१ वडामा ९४ जना दर्ता सहयोगी रहेका छन् भने जिल्लामा २ जना दर्ता अधिकारी मार्फत स्वास्थ्य बिमाको काम हुदैँ आईरहेको छ । आर्थिक बर्ष २०७५७६ मा ६ प्रतिशत नागरिक बिमित्त रहेको अछाममा आर्थिक बर्ष २०७६७७ मा यसको संख्या बृद्धि भएर १४.१३ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा कैलाली पछि दोश्रो बढी बिमित्त हुने जिल्लामा अछाम रहेको तथ्यांक छ । जिल्लामा नागरिकहरु आफ्नो स्वास्थ्यको बारेमा जागरुक हुदै गएपछि बिमा गर्नेको संख्या बढिरहेको र यसलाई अझै बढाउनु पर्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

३५ सय प्रिमियम तिरे बाफत एक घरका ५ जनाले एक बर्षको अवधिमा १ लाख बराबरको निशुल्क स्वास्थ्य उपचार पाउने राष्ट्रिय स्वास्थ्य बिमाको निति छ । ५ जना भन्दा बढी परिवार भएका सदस्यको लागि थप एक जना बराबर ७ सय प्रिमियम तिरेमा २० हजार बराबरको थप सेवा लिन पाउने व्यास्था मिलाईएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमामा सबै जनता आवद्ध हुन प्रेरित हुन भन्ने उद्देश्यले उपचार शुल्क ५० हजार बाट १ लाख पुर्याईएको स्वास्थ्य बिमा बोर्ड सुदुरपश्चिमका संयोजक जनक साँउदले बताए । अति गरिब, अति अशक्त, कुष्ठरोग, एचआईभी एड्स, डिआरटिबी, ७० बर्ष उमेर पुगेका नागरिकको स्वास्थ्य बिमा गर्दा लाग्ने प्रिमियम सरकारले नै व्यहोर्न व्यावस्था रहेको संयोजक साँउदले बताए । यस्तै महिला स्वास्थ्य स्वयम सेविका र उनका पविारको लागि ५० प्रतिशत प्रिमियम पनि सरकारले नै तिर्ने गरेको छ ।

स्वास्थ्य बिमा गर्नुभएको छ ? बयालपाटामा तपाईको पालो पहिला आउछ

न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालमा स्वास्थ्य बिमामा आबद्ध भएकालाई उपचारमा ग्राहयता दिन सुरु गरेको छ । स्वास्थ्य बिमामा आबद्ध भएका बिरामी अस्पतालमा आएमा नाम दर्ता देखी उपचारमा पनि छिटो पालो र सहजता बनाईएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बिमा गरेका बिरामी आएमा नाम दर्ताको लाईनलाई छुट्टै बनाएर दर्ता प्रक्रिया छिटो गरी उपचारमा पनि छिटो र पहिला पालो दिने व्यावस्था गरिएको बयालपाटा अस्पतालका बरिष्ठ सुचना प्रविधि अधिकृत दिपक बिष्टले बताए । स्वास्थ्य बिमा गरेका बिरामीको नाम दर्ता, ओपिडीमा चेकजाँच, प्रयोगशाला सेवा, भिडियो एक्सर तथा एक्सरे, फार्मेसीबाट औषधी बितरण लगायत सबै प्रकारका सेवामा प्राथमिक्ता दिने गरिएको उनको भनाई छ ।

स्वास्थ्य बिमामा सबै जनता आवद्ध भई आफ्नो उपचार सुनिश्चित तथा यसप्रति प्रेरित हुन भन्ने उद्देश्यले अस्पतालमा यस्तो अवधारणा ल्याईएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताए । उपचार गर्न आउदाँ स्वास्थ्य बिमा कार्ड बोकेर आउनु पर्ने डाक्टर गौचनको भनाई छ ।

अस्पतालमै स्वास्थ्य बिमामा आबद्ध हुने सकिने

जिल्लाको बयालपाटा अस्पतालबाट समेत स्वास्थ्य बिमा गर्न सकिने भएको छ । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बयालपाटा अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले स्वास्थ्य बिमामा आवद्ध हुने सकिने जनाएको हो ।

जिल्लाका सबै स्थानिय तहका हरेक वडामा स्वास्थ्य बिमा दर्ता सहयोगीले बिमा गराईरहेका छन् भने अब अस्पताल आउने बिरामीलाई सहज होस भन्ने हेतुले बयालपाटा अस्पतामा समेत स्वास्थ्य बिमामा आवद्ध हुन सकिने भएको हो । बयालपाटा अस्पतालले खटाएको दर्ता प्रतिनिधीले स्वास्थ्य बिमा गर्न चाहानेलाई बिमामा आवद्ध गराउने छन् ।

सुदूरपश्चिम प्रदेशमा बिमित्तको संख्या ३ लाख १८ हजार बढी

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको संख्या ३ लाख नाघेको छ । प्रदेशका ९ जिल्लमाको तथ्यांक अनुसार स्वास्थ्य बिमित्त हुनेको संख्या ३ लाख १८ हजार ५ सय ६४ पुगेको स्वास्थ्य बिमा बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक जनक साँउदले बताए ।

उनका अनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीमा १ लाख ६५ हजार २ सय ७ बिमित्त रहेका छन् भने सबैभन्दा कम डोटीमा १ हजार ८ सय २८ रहेको छ । अछाममा ३७ हजार ३ सय ७५, बैतडीमा १६ हजार ८ सय ८५, बझांगमा ३४ हजार ५ सय २१ बिमित्त रहेका छन् ।

यस्तै बाजुरामा २९ हजार २ सय ३७, डडेलधुरामा ३ हजार १ सय ३५, दार्चुलामा ८ हजार ९९ र कञ्चनपुरमा २२ हजार २ सय ७९ जना हाल सम्म बिमित्त भएका छन् ।