मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ अछाद्धारा कोरोनाबाट संक्रमित संचारकर्मीलाई स्वास्थ्यलाभको कामना

पत्रकार महासंघ अछाद्धारा कोरोनाबाट संक्रमित संचारकर्मीलाई स्वास्थ्यलाभको कामना


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यतर संचारकर्मी तथा पत्रकारहरुको स्वास्थ्य लाभको कामना गरेको छ । महासंघ अछाम शाखाका सचिव होम साँउद, नेपाल प्रेस युनियन अछामका अध्यक्ष तथा रेडियो रामारोशनमा कार्यरत पत्रकार टंक रिमाल सहित अन्य संचारकर्मीहरु कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएको भन्दै उनिहरुको स्वास्थ्य लाभको कामना गरेको हो ।

महासंघ अछाम शाखाका अध्यक्ष खम्म खत्रीले एक प्रेस विज्ञप्ती जारी गर्दै रेडियो रामारोशन, रेडियो अछाम र रेडियो गाँउघरमा कार्यरत रहेका संचारकर्मीहरु रेडियो रामारोशनका स्टेशन म्यानेजर चन्द्र थापा, सहायक स्टेशन म्यानेजर कमल कुमार रावल, सहायक बजार प्रबन्धक बिक्रम परियार, समाचार प्रमुख शंकर थापा, प्राविधिक आनन्द साँउद, प्राविधिक सहायक दिपा भण्डारी, सम्बाद्दाता दिपिका थापा, रेनुका परियार, रेडियो अछामका प्रमुख नमराज भण्डारी, निराजन भण्डारी, रेडियो गाँउघरका जगत जैगडी, चन्द्र भाटको सिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

कोरोना महामारीको जटिल परिस्थितिमा पनि आफु र आफ्नो घरपरिवार समेत जोखिममा राखेर काम गरिरहेका जिल्ला स्थित विभिन्न सञ्चार माध्यामहरुमा कार्यरत संचारकर्मीहरु कोरोनाबाट छिट्टै सञ्चो भई संक्रमण मुक्त भएर नियमित काममा फर्किने अपेक्षा समेत गरिएको अध्यक्ष खत्रीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जोखिमका बाबजुत संचारकर्मीहरु अग्रमोर्चामा रहेर जनतालाई सुसूचित पार्न अहोरात्र खटिरहेकोमा प्रशंसा गर्दै अध्यक्ष खत्रीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछाम सदैव जिल्ला स्थित पत्रकार तथा संचारकर्मीहरुको साथमा रहेको उल्लेख गरे ।

कोभिड १९ को बिश्व महामारीले पत्रकार र मिडिया हाउस यति बेला विभिन्न चुनौती बाट गुज्रिरहेका बेला एकातिर पत्रकारको ब्यक्तिगत स्वास्थ्य सुरक्षा, अर्कोतिर मिडियाको व्यावसायिक ब्यावस्थापनमा समेत चुनौती थपिदै गएको महासंघ अछामको ठहर छ विज्ञप्तीमा भनिएको छ । यस अप्ठेरो परिस्थितीमा जिल्ला स्थित अन्य सरोकारवालाहरुले पनि साथ र सहयोग गर्नुपर्ने अध्यक्ष खत्रीले बताए ।