मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिसिआर प्रयोगशालाका लागि तुर्माखादको १० लाख आर्थिक सहयोग

पिसिआर प्रयोगशालाका लागि तुर्माखादको १० लाख आर्थिक सहयोग


अछाम | जिल्लाको तुर्माखाद गाउँपालिकाले कमलबजारमा रहेको पिसिआर प्रयोगशालाका लागि आर्थिक सहयोग गरेको छ ।

कमलबजार नगरपालिका अन्तर्गत कमलबजार प्राथमिक स्वास्थ्य केेेन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रयोगशाला सञ्चालनमा राहत पुगोस् र सहज होस भनेर आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बुढाले १० लाखको चेक प्रयोगशालालाई हस्तान्तरण गर्नुभएको हो ।

यसरी अन्य गाउँपालिकाबाट पनि प्राप्त सहयोगले प्रयोगशालालाई व्यवस्थित पार्नमा थप सहज हुने प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

आर्थिक सहयोग प्राप्त गरेपछि कमलबजार नगरपालिकाका नगरप्रमुख ॐप्रकाश विष्टले खुशी व्यक्त गर्दै तुर्माखाँद गाउँपालिका परिवारलाई धन्यवाद दिएका छन् ।

यसअघि जिल्लाको ढकारी गाउँपालिकाले पनि गत साउन महिना मै १० लाख अर्थिक सहयोग गरेको थियो ।