धनगढी: कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिका अन्तरगतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो। दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको…