मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरसको संक्रमणबाट अछाममा थप एकको मृत्यु

कोरोना भाईरसको संक्रमणबाट अछाममा थप एकको मृत्यु


अछाम : अछाम जिल्लमा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ का ४५ बर्षका पुरुषको जिल्ला अस्पताल अछाममा उपचारको क्रममा ज्यान गएको हो ।

यही बैशाख १५ गते एन्टिजेन विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएका उनको आज मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिए ।

उनमा १५ गते संक्रमण पुष्टि भएपछि कोरोनाका लक्षण देखिएका थिए । स्वास्थ्यमा थप समस्या आई श्वासप्रश्वासमा समेत अप्ठ्यारो भएपछि मंगलबार जिल्ला अस्पतालमा ल्याईएको थियो ।

श्वासप्रश्वासमा बढी समस्या भएको, रगतमा अक्सिजनको मात्रा निकै कम भएको र जिल्ला अस्पतालमा आईसीयू तथा भेन्टिलेटरको व्यवस्था नभएकाले ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ ।

आज हेलिकप्टरबाट थप उपचारका लागि बाहिर लिन खोजेपनि मौसमको खराबीका कारण त्यसो गर्न नसकिएको उनका आफन्तले बताएका छन् ।

यो संगै अछाम जिल्लामा कोरोना संक्रमणबाट दोश्रो चरणमा ५ जना गरी कुल ९ जनाको मृत्यु भएको छ ।