मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप एक कोरोना संक्रमित महिलाको मृत्यु ।

अछाममा थप एक कोरोना संक्रमित महिलाको मृत्यु ।


अछाम : जिल्लामा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का ५८ बर्षिय महिलाको मृत्यु भएको छ ।

ति महिलामा सास फेर्न गाह्रो हुने, बान्ता गर्ने भएपछि आफन्तले उपचारको लागि बयालपाटा अस्पताल पुरयाएका थिए ।

कोरोना संग लक्षण मिल्दो जुल्दो देखिएपछि उनको अस्पतालमा एन्टीजेन परिक्षण गरिएको बयालपाटा अस्पतालले जनाएको छ । एन्टीजेन परिक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो ।

आज मात्रै जिल्ला अस्पताल मंगलसेनमा एक जना पुरुषको कोरानाका कारण मृत्यु भएको थियो । अछाम जिल्लामा कोरोना संक्रमणबाट दोश्रो लहरमा ६ जनाको मृत्यु भईसकेको छ ।