“ऐण्टिजेन खरिदका लागि अस्पतालललाई दिनुपर्ने स्थानियको माग”
अछाम । नागरिक स्तरबाट आर्थिक संकलन गरी अछाम जिल्लामा पिसिआर मेसिन खरिद गर्ने अभियानले पूर्णता नपाई १ बर्ष देखि सेलाएको छ । केही महिना सक्रियताका साथ अभियान संचालन भएपनि पछि त्यो अभियानले सार्थकता नपाउदा अभियान अभियानमा मात्रै सिमित भएको छ ।
गत बर्ष असारमा जिल्ला स्थित विभिन्न संघ संस्था एव समाजसेवी व्यक्ती मिलेर पिसिआर मेसिन खरिदका लागि अभियान सुरु गरेका थिए । अछाम जिल्लामै कोरोना भाईरसको परिक्षण गर्ने भनेर पिसिआर मेसिन खरिद गर्न थालिएको अभियानले पूर्णता नपाएर बिचमै तुहिएको हो ।
अभियान थालनी भएको करिब १ बर्ष भईसक्दा पनि उक्त रकम के गर्ने, कहाँ प्रयोग गर्ने भन्ने निर्णय नभएको पाईएको छ । असार मसान्तको बेला अभियान सुरु भएको र त्यस लगत्तै लकडाउन, निशेधाज्ञा तथा जिल्लामा संक्रमणको जोखिम बढेका कारण अभियानलाई निरन्तरता दिन नसकिएको उद्योग बाणिज्य संघ अछामका अध्यक्ष समेत रहेका अभियानका संयोजक महेन्द्र कडायतले बताए ।
उक्त अभियानबाट जिल्लाका बिभिन्न तह, ब्यापारी बुद्धिजीवी बाट ५ लाख ३५ हजार बढी संकलन भएको रकम हाल बैँकमै रहेको र यसबारे थप निर्णय नभएको उनले सुदूरआजलाई बताए । संकलन गरिएको रकम के गर्ने छिट्टै बैठक बसेर निष्कर्ष निकालिने उनको भनाई छ ।
उक्त रकम निशुल्क सेवा दिईरहेको बयालपाटा अस्पताल र कमलबजारमा संचालन भईरहेको पिसिआर प्रयोगशलालाई दिन सकिने उनको भनाई थियो । उठेको रकम कोरोना भाईरसको परिक्षणका लागि एण्टिजेन खरिद गर्न जिल्लाका अस्पताललाई दिनुपर्ने स्थानिय नागरिकहरुले माग गरेका छन् ।




















प्रतिक्रिया