पोखरा– बिहीबार बिहानै गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपिएका संक्रमितहरुमा स्याङ्जाको कालिगण्डकी गाउँपालिका…