मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एकैदिन २९ जनामा कोरोना संक्र’मण, संक्र’मितको संख्या ५१ पुग्यो, ७ जना निको भए

अछाममा एकैदिन २९ जनामा कोरोना संक्र’मण, संक्र’मितको संख्या ५१ पुग्यो, ७ जना निको भए


पूर्ण बहादुर खड्का, अछाम ।

अछाम – जिल्लामा बिहिबार मात्रै २९ जनामा कोरोना भाईरसको कोभिड १९ को सं’क्रमण देखिएको छ। मेल्लेख गाँउपालिकाका २३ र साँफेबगर नगरपालिकाका ६ गरी २९ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

संक्र’मण देखिका २७, ३६, ३०, ३१, २१, २१, २५, १५, २०, २५, १२, २४, २७, २३ र ३२ बर्षका पुरुष र ४५, २५, २६, २४, २४, २८, २३ बर्षकी महिला तथा २ वर्षीय बालिका रहेका छन् । भारतबाट आएर क्वारेण्टाईनमा बसेका उनिहरु सबै मेल्लेख गाउपालीका वडा नं. ४ का नागरिक हुन् ।

यस्तै भारतबाट आएर क्वारेण्टाईनमा बसेका साफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानका १९, २०, २२, २६ बर्षका पुरुष तथा २३ र २६ बर्षीकी महिलालाई कोरोना भाईरसको सं’क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देवराज जोशीले जानकारी दिए ।

सूचनाका अधिकारी देव जोशीका जानकारी अनुसार जेठ २८ गते स्वाब संकलन गरी धनगढी पठाईएको भएपनि उनिहरु सबैको परिक्षण काठमाण्डौको टेकुमा गरिएको थियो । एकै दिन ठुलो मात्रामा अछाामा कोरोनाको संक्रमण देखिएको यो पहिलो पटक हो ।

यसअघि जिल्लाको मेल्लेख गाँउपालिकामा ८ र ३ गरी ११, चौरपाटी गाँउपालिकामा २, मंगलेसन नगरपालिकामा २, साँफेबगर नगरपालिकामा, ढकारी गाँउपालिका, तुमार्खाद गाँउपालिका र कमलबजार नगरपालिकामा एकएक जना गरी ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिले सबैभन्दा बढी मेल्लेख गाँउपालिकामा ३४ जना र साँफेबगर नगरपालिका ७ जना कोरोना संक्रमित रहेका छन् । यस्तै जिल्ला बाहिर धनगढीमा मेल्लेख गाँउपालिकाका बाबुछोरी र चौरपाटी गाँउपालिकाका एक जना सुत्केरीको नेपालगञ्जका संक्रमण पुष्टी भएको थियो । यो सङ्गै अछाममा कोरोना संक्रिमितको संख्या ५१ पुगेको छ भने ति मध्ये ७ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।