मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिसिआर परि’क्षण मे’सिन खरिदका लागि थालिएको अभि’यानमा ४ लाख २७ हजार बढी रकम संकलन

पिसिआर परि’क्षण मे’सिन खरिदका लागि थालिएको अभि’यानमा ४ लाख २७ हजार बढी रकम संकलन


सरिता खड्का, अछाम

जिल्लामा कारोना भाईरस कोभिड १९ को संक्रमण बढ्नेक्रम जारी भएपछि यसको परिक्षणका लागि पिसिआर प्रयोगशाला मेसिन खरिदका लागि पहल सुरु भएको छ । जिल्ला स्थित अछाम उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्था तथा व्यक्तीहरुले मेसिन खरिदका लागि पहल सुरु गरेका हुन् ।

उक्त मे’सिन खरिदका लागि बिहिबार सम्म ४ लाख २७ हजार ७ सय ३० रुपयाँ रकम जम्मा भएको छ । विभिन्न संघ संस्था एव व्यक्तीले मेसिन खरिदका लागि सहयोग गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोरोनाको लक्षण देखिएका तथा क्वारेइनटाइनमा बसेका ब्याक्तिहरुको समयमै चेकजाँच नुहदाँ दिनदिनै त्रास बढिरहेको छ ।

उक्त त्रास कम गर्न र यस क्षेत्रमै छिटो परिक्षण गर्ने बातावरण सृजना गर्न मेसिन खरिद गर्ने पहल थालिएको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडाएतले बताए । अछाम लगायत छिमेकी जिल्ला बाजुरा र डोटी जिल्लाका नागरिकलाई सजिलो होस् भनेर उक्त पहल थालिएको उनको भनाई छ ।

सुदरपश्चिम प्रदेशको पहाडी क्षेत्रका जिल्लाहरु अछाम, बाजुरा, डोटी, बझाङ, बैतडी, दार्चुला र डडेलधुरामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएपनि त्यसको समयमै परिक्षण तथा व्यावस्थापनका लागि कुनै पहल हुन सकेको छैन । यस्तो सं’कटको स्थितिमा पनि प्रादेशिक तथा स्थानिय तहबाट कुनै पनि तयारी तथा पहल नहुदाँ चिन्तित बनेका स्थानिय उद्योग बाणिज्य संघको पहल प्रति सकरात्मक भएका छन् ।