मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका कोरोना संक्रमितलाई क्वारेण्टाईनमै राखेर उपचार गरिने

अछामका कोरोना संक्रमितलाई क्वारेण्टाईनमै राखेर उपचार गरिने


अछाम – जिल्लामा बिहिबार थपिएका कोरोना संक्रमितलाई अस्पताल नल्याई क्वारेण्टाईन स्थलमै आईसोलेसन बनाएर राखिने भएको छ । जिल्ला अस्पताल र बयालपाटा अस्पतालको आईसोलेसन कक्षमा ठाउँ नहुने र उनीहरुको अबस्था सामान्य रहेका कारण हालकै क्वारेण्टाईनमा आईसोलेसन वार्ड बनाएर राखिने भएको हो।

स्वास्थ्य कार्यालय अछामको परिपत्र अनुसार उनीहरुलाई क्वारेण्टाईनमै आईसोलेसन बनाएर उपचार गरिने सूचना अधिकारी देव जोशीले जानकारी दिए। जिल्ला अस्पताल मंगलेसनमा १७ र बयालपाटा अस्पतालमा १३ गरि अछाम जिल्लामा हाल ३० ओटा आईसोलेसन वार्ड रहेका छन् ।

अछाम जिल्लामा २ बर्पीय बालिका सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांस संक्रमित भारतबाट आएर क्वारेण्टाईनमा बसेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचनाका अधिकारी देव जोशीका अनुसार जेठ २८ गते स्वाब संकलन गरी धनगढी पठाईएको भएपनि उनिहरु सबैको परिक्षण काठमाण्डौको टेकुमा गरिएको थियो । अछामका यती धेरै सङ्ख्या कोरोना देखिएको यो पहिलो पटक हो ।

यसअघि जिल्लाको मेल्लेख गाँउपालिकामा ८ र ३ गरी ११, चौरपाटी गाँउपालिकामा २, मंगलेसन नगरपालिकामा २, साँफेबगर नगरपालिकामा, ढकारी गाँउपालिका, तुमार्खाद गाँउपालिका र कमलबजार नगरपालिकामा एकएक जना गरी ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

जिल्ला बाहिर धनगढीमा मेल्लेख गाँउपालिकाका बाबुछोरी र चौरपाटी गाँउपालिकाका एक जना सुत्केरीको नेपालगञ्जका संक्रमण पुष्टी भएको थियो ।