अछाम ः जिल्लाको बयालपाटा अस्पतालमा भोली असार ७ गते देखि पाठ्घर खसेका महिलाको लागि शल्यक्रिया शिबिर हुने भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजना तथा न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशसंगको सहकार्यमा शिबिर हुन लागेको हो । शिबिरमा पाठयघर / आङ खसेका महिलाहरुको अप्रेशन शल्यक्रिया हुने बयालपाटा अस्पतालले जनाएको छ ।…