मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला कारागार अछामका कैदीहरुले गरे गुनासै गुनासो

जिल्ला कारागार अछामका कैदीहरुले गरे गुनासै गुनासो


अछाम । जिल्ला कारागार अछामका कैदीहरुले गुनासै गुनासो गरेका छन । शुक्रबार काराकार भित्र आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागि कैदीहरुले अछामका प्रमुखजिल्ला अधिकारी लगायत सरोकारवाला समक्ष आफुहरुले कारागार भित्र भोगिरहेका समस्याहरुका बारेमा गुनासो सुनाएका हुन ।

कारागारमा आउने पानी निकै दुषित भएकाले फिल्टर पनी नहुदा फोहोर पानी खानुपरेको, पर्याप्त पानीको व्यवस्था नभएको, कैदी युवाहरुले तयार पारेका विभिन्न किसिमका सामाग्रीहरुले बजार नपाएको गुनासो गरेका छन ।

जिल्ला कारागार अछामका चौकीदार देबेन्द्र बहादुर कुवँरका अनुसार कारागार भित्र रहेका युवाहरुले बाँसका मुडा, अगरबत्ती नेपाली ढाँका टोपी तयार पारेको तर बजारीकरण नहुदा युवाहरु निराश भएको बताउनुभयो ।

निकै दुँख्ख गरेर कैदी युवाहरुले पर्याप्त मात्रामा सामाग्रीहरु तयार पार्दापनि त्यसको बजारीकरणका लागि कसैलेपनी चासो नदिदा कैदीहरुमा थप निराशा बढेको चौकीदार कुवँरको भनाई छ ।

रेडियो गाउँघर संग कुराकानी गर्दै कुवँरले कैदीहरुले पाउनुपर्ने अन्य सुविधापनि नपाएको गुनासो गर्नुभएको थियो । आफुहरुले करागार भित्रका समस्याका बारेमा यसभन्दा अघिपनि सरोकारवाला समक्ष गुनासो राख्दापनि सुनुवाइ नभएको उनीहरुको गुनासो थियो ।

जिल्ला कारागार अछाममा ७५ जनाको क्षमता भएपनी हाल ८५ जना कैदीहरु रहेका छन ।

यता कैदीहरुको गुनासोको जवाफ दिनुहुदै अछामका प्रमुखजिल्ला अधिकारी यज्ञ बहादुर बुढाले पानीको समस्या समाधानका लागि सम्बन्धित निकाय संग छलफल गर्ने र कारागार भित्रका कैदीहरुको लागि फिल्टर उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

कैदीहरुले तयार पारेका सामाग्रीको बजारीकरणका लागि विभिन्न सरोकार राख्ने संघ संस्था र व्यक्तिहरु संग समन्वय गर्ने आश्वासन दिनुभएको छ ।