काठमाडौं । भारतले भोलिदेखि नेपालसहित नजिकका छिमेकीको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ । भारतको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका राष्ट्रहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ । भारतमा निर्मित खोपहरुको आपूर्तिका लागि अनुरोध गरेका छिमेकी देशहरुलाई खोप उपलब्ध गराउन लागिएको हो । अनुदान सहायता अन्तर्गत खोप उपलब्ध…