काठमाडौं - सरकारले कोरोना भाइरस जोखिम कम गर्न जारी राखेको लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि १० दिन थप्ने निर्णय गरेको हो। कोरोना रोकथाम र नियन्त्रण गर्न गठित गठित उच्चस्तरीय समितिले मंगलबार कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै अवधि थप गर्न सरकारलाई…