मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एम्वुलेन्स दुर्घटना : ड्राइभरको टाउकोमा चोट

अछाममा एम्वुलेन्स दुर्घटना : ड्राइभरको टाउकोमा चोट


अछाम – पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना भएको छ । अछाम र दैलेखको सिमा नाकामा पर्ने बेलखेत नजिकै एम्वुलेन्स दुर्घटना भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाबाट कोहोल्पुर विरामी लिएर गएको एम्वुलेन्स बुुुधबार फर्किदै गर्दा टोट्केसालको मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

वडा नम्वर ४ कालिकास्थानमा से १ त १०६८ नम्वरको एम्वुलेन्स टोट्केसालको मोडमा दुर्घटना भएको बिनायक प्रहरीले जानकारी दिएको छ ।

एम्वुलेन्समा सवार ड्राइभरको टाउकोमा गम्भिर चोट लागेको घटनास्थलबाट उप प्रमुख अम्विका चलाउनेले जानकारी दिनु भयो ।

टाउकोमा गम्भिर चोट लागेका घाइते ड्राइभरलाई जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जानकारी दिएको छ ।