काठमाडौं । राष्ट्रिय युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसलाई सफल पार्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति र परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलको अध्यक्षतामा सचिवालय समारोह…