मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चरिकोट अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर दंगाललाई प्रवल जनसेवाश्री

चरिकोट अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर दंगाललाई प्रवल जनसेवाश्री


दोलखा । चरिकोट अस्पताल दोलखाका मेडिकल सुपरिडेण्डन्ट डाक्टर बिनोद दंगाललाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ ।

संविधान दिवसको अवसरमा सरकारले डाक्टर दंगाललाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो ।

बिगत १२ बर्ष देखि स्वास्थ्य सेवामा रहेका डाक्टर दंगालले सुरुमा सिन्धुपपाल्चोक र हाल दोलखा जिल्लामा काम गरिरहेका छन् ।

स्वास्थ्य सेवा सुधार र दर्गुमा जनतालाई गुणस्तरिय सेवा प्रदान गरिरहेका डा. दंगाललाई यसअघि पनि बिभिन्न संघ संसथाले सम्मान प्रदान गरेका छन् ।