काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षीय समूहको बैठकमा केन्द्रदेखि वडा स्तरसम्मका विरोध कार्यक्रमको प्रस्ताव गरिएको छ। जसअनुसार भोलि (शुक्रबार) माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित निर्वाचन आयोग पुग्ने र पार्टी दर्ताको निवेदन दिने कार्यक्रम तय भइसकेको छ। त्यस्तै सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनर्गठनको माग गर्दै सांसदहरुले सर्वोच्च अदालतमा निवेदन दिने…