काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको ४० मिनेटमै सकिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा नेकपाका बहुमत सचिवालय सदस्यहरुले बैठकका लागि बुझाएको पत्र, त्यसपछि प्रधानमन्त्रीले बहुमत सचिवालय सदस्यलाई पठाएको पत्र र ती सबैलाई समेटेर अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो । यी सबै अध्ययन गरेर मंसिर…