मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री पार्टिको विधि मिचेर अघि बढे : भिम रावल

प्रधानमन्त्री पार्टिको विधि मिचेर अघि बढे : भिम रावल


अछाम – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य डा. भिम रावलले प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपि शर्मा वली पार्टिको विधि तथा प्रणालीलाई मिचेर अघि बढेको आरोप लगाएका छन् ।

हरेक स्थायी कमिटी बैठकका निर्णय वलिले लत्याउदै हिडदा पार्टिमा अहीलेको समस्या आईपरेको रावलको भनाई छ । प्रेस संगठन नेपाल अछामले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मलेनमा धारणा राख्दै पुर्व उप्रधान तथा गृहमन्त्रि समेत रहेका नेता रावलले पटक पटकका निर्णय कार्यान्वय गर्न नसक्नु वलीको कमजोरी भएको औल्याए ।

के कारणले कार्यान्वय गर्न सकिएन त्यसको तुरुन्तै धारण प्रस्तुत गर्न सके मात्र समस्या समाधान हुदै जाने बताए । संगठन अछामका सयोजक नरेन्द्र रावलको अध्यक्षतामा भएको नेता रावलले पार्टि एकिकरणका बेला पारित गरेका राजनितीका बुदालाई अक्षरस कार्यान्वयन गर्दै जानु पर्ने बताए ।

हरेक नेतालाई पार्टिले तयार पारेको प्रतिवेदनका बारेमा जानकारी भएकाले जनताको जनवादको धारण सबैले अगाडी बढाउदै जानु पर्ने उनको बुझाई छ ।