नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले जित्ने पक्का भएको छ। मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ अग्रसर छन् भने विश्वप्रकाशले पनि तेस्रो स्थानमा रहेका उम्मेदवार प्रकाशशरण महतसँग मतान्तर बढाएका छन्। अहिलेसम्म ४३९० मत गन्दा गगनले २८२३ मत पाएका छन्। यो मत १४ औं महाधिवेशनमा कुनै उम्मेदवारले अहिलेसम्म…