मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार

कांग्रेस नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आउँदो शनिबार बस्ने भएको छ ।

यही पुस १० गते बिहान ११ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्न लागेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यता, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिँदै छ । सानेपामा जारी मतगणना आज सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतगणना सकिएर पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लागेपछि कार्यसमितिको बैठक बस्न लागेको हो ।