मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने


काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री देउवाले एमाले औपचारिकताको लागि मात्रै बैठक बोलाएको र नेकपा एकीकृत समाजवादी पार्टी पनि बैठकमा सहभागी हुने भएकाले आफूहरु सहभागी नहुने एक नेताले जानकारी दिएका छन् ।

एमालेसँग प्रमुख प्रतिपक्षीको रुपमा गम्भीर ढङ्गले छलफल गर्नुपर्नेमा सर्वदलीय बैठकका नाममा औपचारिकता पूरा गरेर मात्रै नहुने भन्दै बैठकमा नजाने निर्णय भएको अध्यक्ष केपी शर्मा ओलीको भनाइ उदृत गर्दै एक नेताले उज्यालोलाई जानकारी दिएका छन्  ।

एमालेले हटाएका सांसदहरु मिलेर बनेको नेकपा एकीकृत समाजवादीको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेको र त्यो दललाई बोलाएर गरिने औपचारिक कार्यक्रममा आफूहरु सहभागी नहुने ओलीले अडान राख्दै आउनुभएको छ।