काठमाडौं। नेपाली कांग्रेसले काठमाडौंसहित थप ११ जिल्लाको क्रियाशील सदस्यताको नामावलीमा देखिएको विवाद टुङ्गाएको छ । कृष्णप्रसाद सिटौला नेतृत्वको विवाद समाधान उच्चस्तरीय कार्यदलले कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद टुङ्गाएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ खतिवडाले ११ जिल्लाको सदस्यता मङ्गलवार नै टुङ्गिएको र बाँकी ९ जिल्लाको पनि आजै टुङ्गाएर पठाइने जानकारी निर्वाचन समितिले पाएको बताए । …