नेपाली कांग्रेसमा केन्द्रीय सभापतिलगायत विभिन्न पदमा विजयी हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ। केन्द्रीय सभापति, सातै प्रदेशका प्रदेश सभापति, ७७ जिल्लाकै जिल्ला सभापति पदमा उठेका उम्मेदवारहरूमध्ये जसका पक्षमा ५० प्रतिशत बढी धेरै मत आउँछ त्यही उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ। कांग्रेसले बनाएको निर्वाचन निर्देशिकामा निर्वाचन अधिकृत वा मतदान अधिकृतले केन्द्रीय सभापतिको…