नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अब पाँचौँ पटक प्रधानमन्त्री हुँदैछन्। सर्वोच्च आदलतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न र देउवालाई प्रधामन्त्री बनाउन परमादेश जारी गरेपछि उनी फेरि प्रधानमन्त्री बन्ने निश्चित भएकोे हो। फैसलालगत्तै सामाजिक सञ्जालमा देउवामाथि एउटा रमाइलो टिप्पणी भइरहेछ– उनको ज्योतिषीको भविष्यवाणी ट्याक्कै मिल्यो! देउवासँग नाम जोडिएर बेलाबेलामा चर्चामा आउने ज्योतिषी हुन् सुरेशचन्द्र रिजाल। उनले ०७४ साल…