मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको रुपान्त्ररण गर्न मेरो उम्मेद्द्वारी : यूवा नेता राजन कुँवर

कांग्रेस अछामको रुपान्त्ररण गर्न मेरो उम्मेद्द्वारी : यूवा नेता राजन कुँवर


यसपटक जिल्लाका ७० प्रतिशत प्रतिनिधीको साथ मलाई हुन्छ : नेता कुवँर

अछाम । नेपाली कांग्रेसको महाधिबेशन नजिकिदैँ जादाँ उम्मेद्धवारी खुल्न थालेका छन् । देशका विभिन्न जिल्लामा सभापती देखि अन्य पदका आकांक्षी खुल्न थालेका हुन् । अछाम जिल्लामा पनि महाधिबेशनको चर्चा परिर्चचा सुरु भईसकेको छ । जिल्ला सभापति, सचिव लगायतका पदका आकांक्षी खुल्न थालेका छन् ।

यसैबिचमा नेपाली कांग्रेस अछामका नेता राजन कुवँरले पनि यसपटक आफ्नो उम्मेद्धवारी कांग्रेस अछामको सभापतीका लागि रहेको बताएका छन् । युवा नेता कुवँरले कांग्रेस अछामलाई नयाँ ढंगबाट रुपान्त्ररण गर्नका लागि यसपटक आफ्नो उम्मेद्धवारी हुने बताएका हुन् ।

सुदूरआजसंग कुरा गर्दै नेता कुवँरले कांग्रेस अछामका पूर्व देखि हाल सम्मका सभापतीको काम कांग्रेसका सबै हेरिसकेको भन्दै अब फरक ढंगबाट कांग्रेस अछामलाई अगाडी बढाउन युवाँको खाँचो रहेको उनले औल्याएका छन् ।

नेता कुवँरले भने यसपटक युवा जमात देखि पुराना पाका नेताहरुको साथ मलाई छ, मैले उहाँको आशालाई निरामा परिणत हुन नदिन पनि सभापतीका रुपमा अगाडी सर्नै पर्छ । देशभर अहिले युवाहरुको लहर नै छ, सबै क्षेत्रमा युवाहरु सक्रिय हुनुपर्छ भन्ने देखिएको छ, त्यसकारण पनि आफु सभापती भएर कांग्रेस अछामलाई बलियो बनाउने उनको दाबी छ ।

पार्टीका बिभिन्न भाृत संगठनलाई चलायमान बनाउन, पार्टीलाई सांगठनिक रुपमा बलियो बनाउनु नै अहिलेको आवश्यक्ता हो । कांग्रेस अछामलाई फरक ढंगले रुपान्त्ररण गर्न पनि युवा नेतृत्व आवश्यक छ । त्यसैले जिल्लाका दुबै क्षेत्रका ७० प्रतिशित प्रतिनिधीको साथ मलाई भएका कारण मेरो उम्मेद्धवारी जिल्ला सभापतीका लागि हो ।” नेता कुवँर

सिधै सभापतीका लागि उम्मेद्धवारी छ भन्नुभयो महाधिबेशन जित्ने सम्भावना कत्तिको छ भन्ने सुदूरआजको प्रश्नमा नेता कुँवरले भने महाधिबेशनमा कुनैँ संका छैन शतप्रतिशत नै म ढुक्क छु, सभापतीका लागि समेत मेरो पक्षमा अछामका दुई क्षेत्रका ७० प्रतिशत प्रतिनिधीको साथ रहन्छ उनले भने ।

आफु नेपाल बिद्यार्थी संघ अछामको सभापति हुदैँ कांग्रेस महासमिती सदस्य समेत भईसकेको भन्दै नेता कुवँरले कांग्रेस अछामको नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएमा बिधि र बिधानमा टेकेर सबै क्षेत्र वर्गलाई समेटेर फरक ढंगबाट अगाढी बढ्ने प्रयत्नमा दृढ रहेको बताए ।

भातृ संगठनको नेतृत्व गर्दे आफु यहाँ सम्म आईपुगेको भन्दै नेता कुवँरले पार्टीका विभिन्न संघसंगठन र भातृ संगठनलाई समेत चलायमान बनाउने खाका तयार पारेर अघि बढ्ने उनको भनाई छ । समग्रमा कांग्रेस अछामलाई जिल्लामा पहिलो पार्टी बनाउन आफ्नो चाहाना र प्रयत्न हुनेमा उनको जोड छ ।