काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ। आइतबार रिपोर्टर्स क्लबमा नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको…