काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग पुगेर मध्यावधि निर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढाउन आयोगलाई निर्देशन दिएका छन्। आयोगमा प्रधानमन्त्री ओलीलाई प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले निर्वाचनको तयारी, शान्तिसुरक्षा, बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराएका थिए। प्रमुख आयुक्तका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आयोगको तयारी सन्तोषजनक…