काठमाडौं- कहिलेकाहिँ मानिसलाई रिंगटा लाग्नेगर्छ। बसिरहेको समयमा एक्कासी उठ्दा वा कहिलेकाहिँ हिँड्दा हिँड्दै पनि रिगटा लागे जस्तो हुन्छ। रिंगटा लाग्नु आफैमा रोग होइन। तर, यो रोगको लक्षण हो। हाम्रो शरीर सन्तुलनमा हुनुपर्छ। शरीर सन्तुलनमा बस्नका लागि आँखा, दिमाग, भित्री कान माशंपेशी तथा जोर्नीहरूकोको सन्तुलन मिल्नुपर्छ। कान, आँखा, जोर्नी मांशपेशीबाट सूचना मतिष्कमा जान्छ। मतिष्कले त्यो सूचना लिन्छ।…