मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुखको क्यान्सरका ६ कारण, १० लक्षण र रोकथामका ८ उपाय

मुखको क्यान्सरका ६ कारण, १० लक्षण र रोकथामका ८ उपाय

सुदूर आज

मुखको क्यान्सरका लक्षण
मुखको क्यान्सरको कुनै यही नै चिन्ह वा लक्षण हुन्छ भनेर भन्न नसकिए पनि साधारणता निम्न लक्षण देखिन्छन्:

– मुखमा दाग, धब्बा वा पत्र देखिनु
– स्वाद फरक पाउनु
– घाँटीमा गिर्खाहरु देखा पर्नु
– नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु
– अस्वभाविक रक्तस्राव हुनु
– मसलादार खाना खाँदा पोल्नु
– खान, निल्न, पिउन अप्ठ्यारो हुनु
– घाउ, खटिराको आकार बढ्दै जानु
– र्‍याल बढी आउनु
– खान, निल्न, पिउन अप्ठ्यारो हुनु

कारण
सूर्तीजन्य पदार्थ:
 यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ

मद्यपान: रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी

पोषणको कमी: आइरन, भिटामिन ए, ई र सीको कमी

मुखको समस्या: दाँतको समस्या, फोहोर मुख

संक्रमण: विभिन्न भाइरल, ब्याक्टेरियल र फंगल संक्रमण

सूर्यको प्रकाश: अल्ट्राभाइलेट विकिरण एक्सरे।

रोकथामका उपाय
मुखमा भएका परिवर्तन, घाउ, खटिरा, दाग सजिलैसँग निदान गर्न सकिन्छ। त्यसैले सजिलै मुखको क्यान्सर रोकथामका लागि निम्न उपायहरु अपनाऔं:

– सूर्तीजन्य पदार्थको सेवन नगर्ने 
– मद्यपान नगर्ने
– संक्रमणको उपचार गर्ने
– दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने
– राम्रोसँग मुखको सफाई गर्ने, बेलाबेलामा कुल्ला गर्ने
– दाँतको समस्याको बेलैमा उपचार गर्ने
– सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने
– अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने।

(स्वास्थ्य मन्त्रालय)