मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम श्रवण शक्तिका लक्षण र श्रवण शक्ति कम हुन नदिने उपायहरु

कम श्रवण शक्तिका लक्षण र श्रवण शक्ति कम हुन नदिने उपायहरु


काठमाडौं-   ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित आज विश्व श्रवण दिवस मनाइदै छ।   मार्च ३ मा मनाइने विश्व श्रवण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी  मनाइँदै छ। 

दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न मन्त्रालयले आग्रह गरेको छ।

यस्तै, श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले जोड दिएको छ। मन्त्रालयले कम श्रवण शक्तिका लक्षणहरूबारे जानकारी पनि गराएको छ ।

कम श्रवण शक्तिका लक्षणहरू
अरूको कुरा नबुझेर बारम्बार कुरा दोहोर्‍याउन अनुरोध गर्नु
टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
चराचुरुंगीको आवाज नसुन्नु
कान कराउनु
बोलेको सुन्नु तर नबुझनु
अरूसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु
धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु
रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु

मन्त्रालयले श्रवण शक्ति कम हुन नदिन विभिन्न उपायहरू अपनाउन सकिने पनि जनाएको छ।

श्रवण शक्ति कम हुन नदिन के गर्ने?

चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कानमा कपास, इयर प्लगको प्रयोग गर्ने

मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगर्ने

हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्ने

जथाभावी सवारी साधनको हर्न नबजाउने

ठूलो आवाज भएको ठाउँमा लामो समय नबस्ने

नियमित व्यायाम गर्ने

अरुलाई चर्को ध्वनिबाट हुन सक्ने असरबारेमा जानकारी दिने र बच्ने उपायबारे सिकाउने

क्लब, पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गर्ने

आफ्नो श्रवण शक्तिमा कमी आएको महसूस भएमा समयमै परीक्षण तथा उपचार गरौं। स्वास्थ्यखबर