मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या

नेपालमा १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या


काठमाडौं – नेपालमा १८ दशमलव ८ प्रतिशत जनसंख्यामा कानको रोग तथा समस्या भएको एक अध्ययनले देखाएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘राष्ट्रिय बेसलाइन सर्भे’को प्रारम्भिक नतिजाले नेपालको कुल जनसंख्याको १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या भएको देखाएको हो। 

मन्त्रालयले सात वटै प्रदेशका २८ जिल्लाका समुदाय र विद्यालय गरी कुल १७ हजार ५९ जनामा उक्त सर्भे गरेको थियो। वैशाख र साउनमा गरी दुई चरणमा गरिएको सर्भेको अन्तिम रिपोर्ट दुई महिनाभित्र आउने आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले बताए। २०६८ को जनगणना अनुसार अपांगता भएकामध्ये १५ दशमलव ४ प्रतिशतमा श्रवण सम्बन्धी र ११ दशमलव ५ प्रतिशतमा बोली सम्बन्धी समस्या देखिएको थियो। 

उक्त सर्भेले सबैभन्दा धेरै लुम्बिनी प्रदेशको २४ दशमलव ८ प्रतिशतमा कोनको रोग भएको देखाएको छ। कान रोग १८ वर्ष मुनिका १ दशमलव २२ र पुरुषभन्दा महिलामा शून्य दशमलव ९४ प्रतिशत गुणा बढी जोखिम पाइएको छ। 

एलर्जी, राइनाइटिस, दम, धुम्रपान, मदिरा सेवन, लामो समय अस्पताल भर्ना भएका तथा लामो समय चर्को ध्वनीमा रहेकाहरु यसको जोखिममा रहने डा बुढाथोकीले बताए। कानको संक्रमणको समयमै उपचारको पहुँच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी, बढ्दो चर्को ध्वनीका कारण समस्या बढ्दै गएको उनले बताए। बच्चा जन्मेदेखि सुरुमै कानको परीक्षण गर्न सके ६० प्रतिशत श्रवण अशक्तता रोक्न सकिने उनले जानकारी दिए।