सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ। आयुर्वेदिक ग्रन्थ काश्यप संहितामा अंकुरित खानाले मानिसको शरीरमा हुने सबै प्रकारका व्याधिको अन्त हुने भएकोले यसलाई महाऔषधिको रुपमा स्वीकार गरेको पाइन्छ। लगभग ५ हजार वर्ष अगाडि चिनियाँ चिकित्सकहरुले मानव स्वास्थ्यको लागि पोषक तथा औषधीय गुणले भरिपूर्ण खाध्यान्नको रुपमा स्वीकार गरिएको थियो।…