मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिका ६ र ९ का सुत्केरीलाई कोसेली वितरण

कमलबजार नगरपालिका ६ र ९ का सुत्केरीलाई कोसेली वितरण


अछाम : सुत्केरी संग उपप्रमुख पोषण कोसेलि सहयोग कार्यक्रम अन्तर्गत कमलबजार नगरपालिका वडा न. ९ मष्टाबण्डाली र वडा न. ६ बिरपथमा सम्पन्न भएको छ । कमलबजार नगरपालिका कार्यभाक नगरप्रमुख भुमिसरण ढकाल बजगाइको अध्यक्षतामा भएको कोसेलि बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल प्रमुख अथिति रहनु भएको थियो ।

प्रमुख अथितीको आसन बाट बोल्दै उपप्रमुख रावलले सुतकेरी भएको अवस्थामा बच्चाले दुध खाने भएकाले आमाले पोसिलो खाने कुरामा ध्यान दिनुपर्ने बताए । पोषण कोसेलि सहयोग कार्यक्रम कमलबजार नगरपालिका वडा न. ९ मा २५ जना र वडा न. ६ बिरपथमा ४० जना सुतकेरी आमाहरुलाइ बितरण गरीएको हो ।

सुत्केरीसंग उपप्रमुख पोषण कोसेलि सहयोग कार्यक्रममा सुतकेरी आमा लाइ २ क्यारेट अण्डा, १ केजि घियु १ झोला बितरण गरीएको थियो । कोसलीे बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुरत बुडथापा, लक्ष्मि सुनार, नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादु बिष्टलगायतको सहभागिता रहेको थियो ।

अध्यक्षको आसन बाट बोल्दै कार्यबाहक नगर प्रमुख बजगाइले सुत्केरी आमाले पाएको कोसेलि समय मिलाएर बिहान बेलुका खान अनुरोध गरिन । सुतकेरी आमाले कोसेलि ग्रहण गर्दै आगामि दिनहरुमा पनि कार्यक्रमको निरन्तरता दिन उनको जोड थियो ।