मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य स्वयंसेविकाहरूको लागि आधारतुभ तालिम कतै संचालन हुदैँ कतै सम्पन्न भए

स्वास्थ्य स्वयंसेविकाहरूको लागि आधारतुभ तालिम कतै संचालन हुदैँ कतै सम्पन्न भए


अछाम । जिल्लाको विभिन्न पालिकामा आधारभुत तालिम सम्पन्न भएका छन् भने कुनै पालिकामा संचालन भईरहेका छन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि तुर्माखाँद गाँउपालिका र पञ्चदेवल नगरपालिकामा आधारतुभ तालिम सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

ति पालिकाको सहयोग तथा स्वास्थ्य कार्यालय अछामको समन्वयमा स्वास्थ्य स्वयंसेविकाहरूको लागि तालिम सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जन स्वास्थ्य अधिृकत झनकराज ढुंगानाले बताए ।

नयाँ छनौट भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि आधारभुत तालिम गरिएको ढुंगानाले बताए ।

यस्तै मंगलसेन नगरपालिकाको जुपु र सांफेबगर नगरपालिकामा स्वास्थ्य कार्यालयको आयोजना तथा स्थानिय तहको समन्वयमा नयाँ छनौट भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि तालिम संचलान भईहरको छ ।

उनिहरुका लागि १० दिने तालिम संचालन गरिएको अधिकृत ढुंगानाले बताए । लकडाउनका कारण केही पहिले गर्नुपर्ने तालिम अहिले संचालन भईरहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।