मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मास्कमा स्यानिटाइजर छर्केर पुनः प्रयोग गर्न मिल्छ ?

मास्कमा स्यानिटाइजर छर्केर पुनः प्रयोग गर्न मिल्छ ?


काठमाडौं । स्यानिटाइजर छर्किएर सर्जिकल/मेडिकल मास्क प्रयोग गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्यानिटाइजरको प्रयोगले मास्क भिजेर यसको प्रभावकारीता झन् घट्ने मन्त्रालयले स्पष्ट पारेको छ । 

“सर्जिकल/मेडिकल मास्क एकपटकको प्रयोगको लागि मात्र बनाइएको हुन्छ, त्यसैले सम्भव भएसम्म एकपटक प्रयोग गरेपछि यस्ता मास्क पुनः प्रयोग गर्नु हुँदैन”, मन्त्रालयले भनेको छ, “अनावश्यक हल्लामा विश्वास नगरौं, आधिकारिक निकाय, व्यक्ति र विज्ञको सल्लाह अनुसार काम गरौं ।”