काठमाडौं- देशका केही स्थानमा भारी वर्षा हुने भएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सक्रिय रहेकाले आज मध्यमदेखि भारी वर्षाको सम्भावना छ। प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति…