मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं । देशका अधिकांश भूभागमा आज बिहान सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, वाग्मती  प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेकाे मौसमविद् विभूती पोखरेल बताउँछिन् । 

यसैबीच, काठमाडौंमा बिहानैबाट पानी पर्न सुरु भएको छ । आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने मौसमविद् पोखरेल बताउँछिन् । 

“अहिले बिहानबाट सुरु भएको वर्षा केही समयपछि रोकिने छ । र, पुनः दिउँसो पानी पर्ने छ,” उनी भिन्छन्, “मनसुन भएकाले पानी पर्ने र रोकिने क्रम चलिरहने छ । तर, लामो समयसम्म निरन्तर वर्षा भने हुने छैन ।” पोखरेलका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २८–३० डिग्री सेल्सियससम्म पुग्ने छ । 

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् पोखरेलकाे आग्रह छ ।