मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल भित्रियो मनसुन, सतर्क रहन विभागको आग्रह

नेपाल भित्रियो मनसुन, सतर्क रहन विभागको आग्रह


काठमाडौं । नेपालमा आजबाट मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजबाट नेपालमा मनसुन भित्रिएको हो । 

नेपालको पूर्वी भूभागहरु प्रदैश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुनको आगमन भएको छ । एक दुई दिनमै मनसुन देशैभरी फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आगामी सातासम्म मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने भएकाले आवश्यक सहर्कता अपनाउन विभागले आग्रह गरेको छ ।