मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के सबै सर्प विषालु हुन्छन् ? सर्पले टोकेमा के गर्ने ?

के सबै सर्प विषालु हुन्छन् ? सर्पले टोकेमा के गर्ने ?


काठमाडौं । गर्मीयाममा सर्पको टोकाइ अर्थात् सर्पदंशको जोखिम बढी हुन्छ । विषेशगरी बाढी–पहिरो प्रभावित तथा तराई क्षेत्रमा सर्पदंशको समस्या बढी देखिने गरेकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

तर, सबै सर्पहरु विषालु भने हुँदैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पाइनेमध्ये गोमन, राजगोमन, करेत, बाघे, मुगाजस्ता सर्पहरु विषालु हुन्छन् । यस्ता सर्पले टोकाइबाट जोगिन व्यक्तिगत सुरक्षा र घर वरिपरिको सरसफाइमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

सर्पले टोकेमा के गर्ने ?
– टोकेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
– टोकेको ठाउँमा काट्ने, चुस्ने या बाँध्ने नगर्ने
– टोकेको ठाउँमा कुनै पनि मल्हम, रासायनिक पदार्थ, तातो वा चिसो वस्तुको प्रयोग नगर्ने 
– बिरामीको अत्मविश्वास कायम राख्ने
– सम्भव भएसम्म टोक्ने सर्पको पहिचान गर्ने तर नमार्ने
– बिरामीलाई सकेसम्म चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुर्‍याउने ।