काठमाडौं । चट्याङ्बाट बच्न घरभित्र बस्नु सबैभन्दा सुरक्षित उपाय हो । तर, घरभित्र बस्दा पनि चट्याङ्बाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेको, गड्याङ्गुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला तारवाला टेलिफोन प्रयोग गर्न नहुने बताएको छ । विद्युतीय सामग्री चार्ज गर्न राखेको छ भने प्लगबाट छुटाइदिनुपर्छ…