मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटीका ३६ विद्यालयमा इन्टरनेट जडान हुँदै

चौरपाटीका ३६ विद्यालयमा इन्टरनेट जडान हुँदै


अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउने भएको छ ।

आज सबै विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्नका लागि आवश्यक फोरजी, फाइभ जीमा आधारित ताररहित इन्टरनेट सेवा नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोग, नेपाल टेलिकमको नेटवर्कको प्रयोग र साङ्ग्रिला ईन्फरमेटिक्स प्रा. लि.को प्राविधिक सहयोगमा वितरण गरिएको छ ।

चौरपाटी गाउँपालिकाका ३६ ओटा आधारभूत विद्यालयमा उपकरण वितरण गरिएको हो ।

पालिकाभित्र फोन गर्दा पनि मोबाइल टावर नै नदिने ठाउँमा सो डिभाइस परिक्षण गर्दा एकदमै राम्रो काम गरेको विद्यालयका शिक्षकहरूले बताएका छन् ।

त्यस अवसरमा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले प्रविधिको उपयोग गरी सिकाई प्रभावकारी बनाउन आग्रह गरे।