काठमाडौं– सरकारले आज र भोली राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ। यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ। सरकारले चालु आर्थिक वर्षको दोस्रो चरणमा…