धनगढीः नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका केही स्थानमा भोली (शनिबार) डेढ घण्टासम्म सेवा प्रभावित हुनसक्ने जनाएको छ। विद्युत प्राधिकरण अत्तरिया ग्रिड शाखाले सूचना जारी गर्दै लाइनमा देखिएको खराबीका कारण टनकपुर फिडर सडाउन बिहान ११ देखि दिउँसो साढे १२ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो। प्राधिकरणले अत्तरिया ग्रिड शाखा अन्तरगतको १३२ केभी लालपुर सबस्टेशनको १३२ केभी टनकपुर…