मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबिभाबक बिहिन किशोरीलाई नगरपालिकाले दियो राहत

अबिभाबक बिहिन किशोरीलाई नगरपालिकाले दियो राहत


होम साउद, अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडानम्वर ७ की एक किशोरीलाइ मंगलसेन नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ ।

आमाबुवा दुबै नभएकी तथा सुस्त मनस्थितीकी गोमा बिकलाइ नगरप्रमुख पदमबहादुर बोहराले एक कार्यक्रमका विच खाद्यान्न सहयोग हस्तान्तरण गरे ।

वडा सदस्य सावी दमाइको संरक्षणमा रहेकी बिकलाइ नगरपालिकाको तर्फबाट ३० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन, एक थान कम्वल, सल र एक जोर जुत्ता राहत स्वरुप उपलब्ध गराईएको छ ।

आमा बुवाको मृत्यूपछी अबिभाबक बिहिन बनेकी बिक गाउँमा बेवारिसे रहेको अवस्थामा आफुले रेखदेख र संरक्षण दिईरहेको वडा सदस्य दमाइले बताईन ।

राहत दिदै नगरप्रमुख बोहराले असहाय, दिनदुःखी र गरिबको साथमा मंगलसेन नगरपालिका रहेको उल्लेख गरे । राहत बितरणका क्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगायतको उपस्थिति रहेको थियो।