कमल रावल, अछाम ।
कोरोनाभाईरसको संक्रमणले भारतमा भएको लकडाउनले गर्दा नेपालीलाई दिनदिनै पिडा थपिदै गएको बताईएको छ । लकडाउनले गर्दा लाखौँ नेपाली बेरोजगार बनेकाले रोग भन्दा भोकको चिन्ता बढ्दै गएको प्रबासमा रहेका नेपाली अगुवाले बताएका छन ।
लामो समय देखि काम गर्दै आएका नेपालीलाई भारत सरकारले काम बिहीनी बनाईसकेकाले गाँसको अभाब भईरहेको उनिहरुले गुनासो गरेका छन । प्रबासी नेपाली संघ भारतका महासचिव डम्मर रावलले नेपालले नेपालीलाई लिन नसकेपनि गाँस बासको ब्याबस्था गर्न सक्नु पर्ने बताउनु भयो ।
नत उद्धार नत राहत हुने हो भने नेपाली भोक भोकै मर्न पर्ने अबस्था आउन सक्ने बताउनु भयो । हालसम्म नेपाली दाजुुभाईका विभिन्न संगठन मार्फत एक भएर अगाडी बढेर अलपत्र परेकाहरुको तथ्याँक संकलन गर्दै केहि मात्रामा सहयोगका लागि अगाडि बढेको जानकारी दिनु भयो ।
भारतको महाराष्ट्र राज्यको मुम्बई शहर निवासि समाजसेवि तथा डायमण्ड ब्याबसायी मिन बोहराले प्रबासमा अलपत्र परेका हरेक नेपालीको पिडामा मलम लगाउनु नेपालीको कर्तव्य रहेको बताउनु भएको छ ।
पहिले भारतबाट पैसा पठाउने गर्थे तर यतिबेला नेपालबाट सहयोग जुुटाउने बेला आएको बताउनु भयो । नेपाल सरकारले कुनै पहल कदम नचालेपनि प्रदेश र स्थानिय सरकारले आफ्ना नागरिकलाई उद्धार गर्नु पर्ने बताउनु भयो ।
प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति सहसचिव तथा भारतमा रहेको मेल्लेख गाउपालिका विपद व्यावस्थापन कोषका संयोजक जनक खड्काले भारतमा नेपालीका रोजगारी खोसिएकाले नेपालले तत्काल उद्धार गर्नु पर्ने बताउनु भयो । नेपालबाट नै सहयोगको थालनी गरि हालसम्म भारतमा ३ सय भन्दा बढि अलपत्र परेका नेपालीलाई राहत वितरण गरिएको बताउनु भयो ।
प्रतिक्रिया